भारतमा कोरोनाबाट एकै दिन ४,५२५ को मृत्यु

नयाँदिल्ली। भारतमा कोरोना सङ्क्रमणबाट एकै दिन चार हजार पाँच सय २५ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाएको यो कुनै पनि देशको सबैभन्दा धेरै संख्या हो ।

यसअघि गएको जनवरी १२ तारिखमा अमेरिकामा चार हजार चार सय ६८ जनाले ज्यान गुमाएका थिए । यस्तै ब्राजिलमा अप्रिल ६ तारिखमा चार हजार दुई सय ११ जनाको ज्यान गएको थियो । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुने संख्या भने घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८३ हजार दुई सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्ययम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

एकै दिन चार लाख भन्दा धेरै संख्यामा सङ्क्रमित थपिन थालेको भारतमा केही दिनदेखि दैनिक तीन लाख भन्दा थोरै सङ्क्रमित थपिन थालेका छन् । एजेन्सी

 
 
  
 

You may also like