आफ्नै घरभित्र २७ वर्षीया महिलाको शव फेला, एक युवक पक्राउ

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडाकी एक महिला घरभित्रै मृत भेटिएकी छिन् । २७ वर्षीया मनुमाया थापा आफ्नै घरको कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् रोजगारीका लागि भारतमा रहेको स्थानीयले बताएका छन् । उनीहरुले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् । ‘घटनाको अनुसन्धान गरिरहेका छौं, थप विवरण अनुसन्धानपछि आउँछ,’ उनले भने । रासस

 

 
 
  
 

You may also like