लमजुङको भुलभुले केन्द्र भएर फेरि ५.३ म्याग्निच्युडको भूकम्प

लमजुङ। लमजुङमा आज बिहान तीन घण्टाको फरकमा फेरि भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको लमजुङमै फेरि ८ बजेर २६ मिनेटमा भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंमा समेत महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको हो । पहिलो पटक गएको भूकम्पको धक्का कारण करीब सात घर भत्किएका छन् भने केहि व्यक्ति घाइते समेत भएका छन् ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकाले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।

 

 
 
  
 

You may also like