रुपन्देहीमा पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु , ४९४ जना कोरोना संक्रमित

बुटवल । रुपन्देहीमा थप ४ सय ९४ जना कोरोना संक्रमण ओउष्टि भएको छ । जिल्ला कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार  बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी १ सय ९४ जना संक्रमित थपिएका छन् ।

यस्तै तिलोत्तमामा १ सय ३० जना, सिद्धार्थनगर नगरमा ५५ जना, सैनामैनामा ४१, देवदह र कञ्चनमा २० २० जनामा संक्रमण पुष्टी भएको हो ।

त्यस्तै सियारीमा ११, कोटइमाइमा ९, ओमसतियामा ८, शुद्धोधनमा ५, मायादेवीमा ३, रोहीणीमा २ र लुम्बिनी सांस्कृतीक नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए। यससँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७० जना पुगेका छन्। यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय २७ पुगेको छ ।

 

 

 
 
  
 

You may also like