२०७८ बैसाख ३१ गते शुक्रबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मित्रबाट विशेष सहयोग मिल्ने । शुभकार्यको चर्चा पनि चल्ने छ, तर खानपिन र स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । साँझपख शुभ समाचार आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्ने छ । मनमा निराशा र शरीरमा आलस्य पनि आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुची बढ्ने योग पनि देखिन्छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला र गलाको प्रभाव बढ्ने छ । भाग्यले विभिन्न अवसर जुराउने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । सामाजिक कार्य राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्न सक्छन् । सामाजिक प्रतिष्ठामा अभिवृद्धि पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्ने छ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज इच्छा र आकांक्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्ने छ । प्रविधिमार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज पुनर्मिलनको योग रहेको छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग पनि मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । बन्द व्यापार भने कमजोर नै रहला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like