कस्तो मास्क डबल गर्न आवश्यक छ, कस्तोलाई पर्दैन ? भाइरसमा कस्तो मास्क प्रभावकारी ?

कोरोना भाइरसको दोस्रो लहर अहिलेको चिन्ताको बिषय बनेको छ ।यसले लाखौंलाई संक्रमित बनाएको छ भने धेरैको ज्यान जाने कारण बनेको छ ।

अहिले कोरोनाको विभिन्न स्वरुप देखिन थालेको छ ।

जसले सजिलै मानिसहरुलाई संक्रमित बनाइरहेको छ ।

भाइरसबाट बच्नका लागि प्रारम्भमा सिंगल मास्क लगाउने सल्लाह दिइएको थियो भने अहिले डबल मास्क लगाउन भनिएको छ ।

डबल मास्क किन आवश्यक छ ?

कस्तो प्रकारको मास्कलाई डबल गर्न आवश्यक छ र कस्तोलाई छैन ?

कोरोनाको भयावह कालमा कस्तो मास्क कति प्रभावकारी छ रु भन्ने कुरा अमेरिकाको सेन्टर फर डिजीस कन्ट्रोल एन्ड प्रिभेन्शनको गाइडलाइन्सले दिएको छ ।

जुन निम्न प्रकारका छन् :

कोरोनाबाट बच्नका लागि सामान्यतया तीन किसिमका मास्कहरु समावेश छन् ।

पहिलो हो-एन–९५ मास्क ।

यो मास्क यदि सहि तरीकाले लगाउने हो भने कोरोना संक्रमणबाट ९५ प्रतिशत सुरक्षा प्राप्त हुन्छ ।

दोस्रो हो – सर्जिकल मास्क ।

यसले तपाईंलाई कोरोनाबाट बच्न केवल ५६ प्रतिशत सहयोग प्राप्त हुन्छ ।

त्यस्तै कपडाको मास्कले सबैभन्दा कम केवल ५१ प्रतिशत मात्र सुरक्षा प्रदान गर्छ ।

त्यसैले सीडिसीका अनुसार यदि तपाईंले मास्क किन्दै हुनु हुन्छ भने एन–९५ नै खरीद गर्नु पर्छ भनिएको छ ।

एन–९५ मास्कको उपयोग गर्ने अर्थात लगाउने व्यक्तिले डबल मास्क लगाउन आवश्यक छैन ।

तर यदि सर्जिकल मास्क अथवा कपडाको मास्क प्रयोग गर्दै हुनुहुन्छ भने डबल मास्क लगाउनु आवश्यक हुन्छ ।

यसको सही तरिका – पहिला सर्जिकल मास्क लगाएर त्यसमाथि कपडाको मास्क लगाउनु उपयुक्त हुन्छ । सर्जिकल मास्क कपडाको मास्क भन्दा कसिलो हुनु आवश्यक छ ।

यसो गर्दा भाइरसको संक्रमणबाट ८५ प्रतिशत सुरक्षा प्राप्त हुन सक्छ ।

सीडिसीको गाइडलाइनहरुका अनुसार कहिले पनि दुई वटा सर्जिकल मास्क अथवा दुई वटा कपडा मास्क लगाउनु हुँदैन ।

त्यसको फाइदा भन्दा नोक्सान बढी हुन्छ ।

त्यसो गर्दा सास फेर्न समस्या हुन्छ ।

एन–९५ मास्क अनुहारमा फिट हुनका लागि बनाइएको हुन्छ ।

मास्क जति फिट हुन्छ त्यति नै धेरै सुरक्षित हुन्छ ।

सर्जिकल मास्कको फिटिंग राम्रोसंग हुँदैन ।

यो केही समयका लागि मात्र सही हुन्छ तर केही समयपछि खुकुलो हुन्छ ।

जसले संक्रमित हुने खतरा बढछ ।

त्यसैले सर्जिकल मास्कमाथि कपडाको कसिलो र पूर्ण रुपले फिट हुने मास्क लगाउनु आवश्यक छ ।

कपडाको मास्क सिलाएर बनाइएको हुन्छ ।

त्यसैले यो अनुहारमा सही तरिकाले फिट हुन्छ ।

कपडाको मास्क यदि धेरै लेयरयुक्त र अनुहारमा सही किसिमले फिट हुन्छ भने कोरोना संक्रमणबाट ७७ प्रतिशतसम्म बच्न सकिन्छ ।

कस्तो मास्क कति पटकसम्म प्रयोग ?

एन–९५ मास्कलाई धेरैमा ५ पटकसम्म प्रयोग गर्न सकिन्छ ।

यसलाई धुनु हुँदैन ।

यसलाई दोस्रो पटक प्रयोग गर्नका लागि एउटा पेपर ब्यागमा राख्न सकिन्छ ।

सर्जिकल मास्कलाई दोस्रो पटक प्रयोग गर्न सख्त मनाही गरिएको छ ।

सर्जिकल मास्क दोस्रो पटक लगाउदा संक्रमण हुनबाट कुनै किसिमको बचाव हुँदैन ।

तर कपडाबाट बनेको माक्सलाई साबुनले धोएर पुनस् प्रयोग गर्न सकिन्छ ।

धेरै फोहोर मास्क उपयोग गर्नु हुँदैन ।

त्यस्तै मास्कमा कुनै प्रकारको सेनिटाइजर अथवा केमिकल हाल्नु हुँदैन ।

यस्तो गर्दा तपाईँलाई सास फेर्न गाह्रो हुन्छ ।

सीडिसीले भिन्दा भिन्दै मास्कमा अध्ययन गरको छ ।

जसमा कस्तो मास्क कति फाइदाजनक र सुरक्षित बनाउँछ भन्ने कुरा बताएको छ ।

सीडीसीका वैज्ञानिकहरुका अनुसार यदि मेडिकल प्रोसीजर मास्क अथवा सर्जिकल मास्क माथि कपडाको मास्क लगायो भने धेरै सुरक्षा प्राप्त हुन्छ ।

सर्जिकल मास्क यदि सही तरिकाले अनुहारमा फिट हुन्छ भने त्यसले तपाईंलाई केही हदसम्म सुरक्षा दिन्छ ।

तर यदि त्यो अनुहारमा फिट नभएर खुकुलो भयो भने त्यसले कुनै सुरक्षा दिँदैन ।

त्यसलाई तुरुन्त परिवर्तन गर्नु पर्छ ।

मास्कलाई सही रुपमा फिट राख्नका लागि बजारमा मास्क फिटर पनि उपलब्ध छन् ।

 
 
  
 

You may also like