विवाहित पुरुषसंग प्रेम सम्बन्ध गाँस्ने अविवाहित अभिनेत्रीहरु

मुम्बई– बलिउडका फिल्म जगतमा त्यस्ता धेरै विषयहरू छन्, जसले आफ्नो पछाडि धेरै कहानी छोडेर अघि बढ्छन् ।

प्रेम, धोका र विवाहको विषय त अझ दर्शकले खोजि नै रहेका हुन्छन् ।

यहाँ धेरै देखिन्छ र थोरै विषय मात्रै लुक्ने गर्छ ।

तर यही क्षेत्रका कति व्यक्तिले भने एउटा पनि विवाह गरेका छैनन् ।

विवाहित व्यक्तिको प्रेममा रहेका अविवाहित महिला कलाकार पनि धेरै नै छन् ।

उनीहरुको प्रेम त भयो, तर विवाह हुन सकेन ।

परविन बबी

यस्तो विषयमा परविन बबीको नाम पहिले नै आउँछ ।

उनको समयमा उनले प्रेमका कारण लामै समय चर्चा चल्यो ।

उनको रोजाइमा जहिल्यै पनि विवाहित पुरुष हुने गर्थे ।

डेनी, महेश भट्ट र कबिर वेदीसँग उनको गहिरो सम्बन्ध थियो ।

उनी यी तीन पुरुषसंग लिभ इनमा समेत रहिन् ।

उनी विवाह नै नगरी संसारबाट बिदा भइन् ।

आशा पारेख

चर्चित अभिनेत्री आशा पारेखको प्रेम त बस्यो, तर विवाह हुन सकेन ।

उनको नासिर हुसेनसंगको प्रेम विवाहसम्म पुग्न सकेन ।

उनले आत्मकथामा प्रेमको विषय स्वीकारेकी छन् ।

उनले पटक पटक नासिरलाई आफ्नो जीवनको सच्चा प्रेम रहेको बताउँछिन् ।

उनकै कारण आशा अविवाहित नै रहिन् ।

नगमा

फिल्म ‘बागी’ की डेब्यु अभिनेत्री नगमा समेत अहिलेसम्म अविवाहित छिन् ।

अहिले उनी अभिनयसँगै राजनीतितर्फ पनि आकर्षित छिन् ।

४५ वर्ष उमेर पार गरिसक्दा सम्म उनी अविवाहित छिन् ।

एक समय उनको नाम सौरव गांगुलीसंग जोडिने गर्थ्यो ।

सुष्मिता सेन

पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेन हालसम्म विवाह बन्धनमा बाँधिएकी छैनन् ।

उनी आफ्नी धर्मपुत्री सँग बस्ने गर्छिन् ।

उनले विवाह गर्छिन् या गर्दिनन् समयले बताउने छ ।

उनको प्रेम विक्रम भट्ट, सञ्जय दत्त, सञ्जय कपूर लगायत विवाहित पुरुषसँग भएको थियो ।

अहिले भने उनी रोहमनको प्रेममा छिन् ।

शमिता शेट्टी

शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री समिता शेट्टी समेत अविवाहित छन् ।

उनको पहिलो प्रेम मनोज बाजपेइ थिए ।

त्यसपछि उनको नाम हरमन बावेज र अफताब शिवदासानीसँग जोडिएको थियो ।

त्यस्तै उनकी दिदी शिल्पाको नाम विवाहित राज कुन्द्रासँग जोडिएको थियो ।

उनको भने विवाह भैसकेको छ ।

तब्बू

तब्बु अहिलेसम्म अविवाहित छिन् ।

५० काटेकी तब्बु अझै पनि आकर्षक देखिन्छिन् ।

उनको साजिद नाडियाडवालसंग इन्गेजमेन्ट भएर टुटेको बताइन्छ ।

त्यसपछि उनको नाम नागार्जुनसँग जोडियो ।

एजेन्सीको सहयोगमा

 
 
  
 

You may also like