बुटवलमा ११५ सहित रुपन्देहीमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल ।रुपन्देहीमा थप २२७ जना कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १२८ पुरष र ९९ जना महिला  थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवल -उप महानगरपालिकामा सबै भन्दा बढी ११५ जना , जसमा ५१ महिला र ६४ पुरुष रहेका छन् भने  सिद्धार्थनगर नगरपालिकाका २४ पुरुष र १६ महिला गरि ४० जना‚ तिलोत्तमा नगरपालिकाका २४ पुरुष र १९ महिला गरि ४३ जना ‚ सैनामैना नगरपालिकाका ७ महिला र ३ पुरुष गरि १० जना , देबदह नगरपालिकामा २ पुरुष र १ महिला गरि ३‚ कञ्चन गाउँपालिकामा ३ पुरुष र १ महिला गरि ४‚ रोहिणी गाउँपालिकामा ४ पुरुष थपिएका हुन् ।

त्यसै गरि  लुम्बिनी सांस्कृतिक नगरपालिका‚ सियारी‚ गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका हुन् ।

रुपन्देहीमा आजको संक्रमित संख्या संगै  १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन् । उपचाररत सक्रिय कोरोना सङ्क्रमितको संख्या ८ सय ११ रहेको छ भने जिल्लामा अहिले सम्म १ सय ६५ जनाले कोरोनाको कारणले ज्यान गुमाएका छन् ।

 
 
  
 

You may also like