फागुनभित्र स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएको एक सांसदले बताए । त्यस्तै बैठकमा ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै यसबाट बच्न र बचाउन पनि निर्देशन दिएका थिए ।

 
 
  
 

You may also like