भारतको अस्पतालको अक्सिजन ट्यांक लिक हुँदा ११ बिरामीको मृत्यु, ३५ को अवस्था गम्भिर

नयाँदिल्ली । भारतको महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा परी ३५ जना बिरामीको अवस्था गम्भिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अक्सिजनको आपूर्ति रोकिएको समयमा १५० जना बिरामी रहेका थिए । जसमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो । अक्सिजन लिक हुँदा आधा घण्टासम्म आपूर्ति बन्द भएको थियो ।

अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको थियो । ट्याकंरको माध्यमबाट अक्सिजन भर्ने क्रममा लिक भएको बताइएको छ । प्राविधिकहरुको सहयोगमा समस्या समाधान गरिएको छ । घटनाको जिल्ला प्रशासनले अनुसन्धान शुरु गरेको बताइएको छ ।
लिकपछि अस्पतालमा २५ प्रतिशत मात्र अक्सिजन बाँकी रहेको बताइएको छ । अक्सिजनको कमी भएपछि कोरोना संक्रमित बिरामीहरु मारमा परेका छन् । एजेन्सी

 
 
  
 

You may also like