एमाले पार्टी विवाद समाधानका विषयमा ओली–नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच राजधानीकाे मेरियट हाेटेलमा भेट भएकाे हाे।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच अहिले केहिबेरमा पार्टीभित्रको समस्या समाधानको विषयलाई लिएर छलफल भएकाे एमालेका नेताहरुले बताएका छन् । दुई नेताबीच छलफलको वातावरण बनाउनका लागि नेता योगेश भट्टराईले समन्वयको भूमिका निर्वाह गरेका थिए । नेता भट्टराई आज बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पार्टी बचाउन पहल गर्न आग्रह गरेका थिए ।

पार्टी अध्यक्षको हैसियतले समस्या समाधानका लागि पहल गर्न ओलीलाई आग्रह गरेपछि छलफलको वातावरण सिर्जना भएको हो । संघका २७ र प्रदेशका पाँचसहित ३२ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण माग गरेपछि एमालेभित्रको विवाद झन चरम विन्दुमा पुगेको थियो । ओलीको निर्णयविरुद्ध नेपाल–खनाल समूह सर्वोच्च अदालतमा गए पनि आज निवेदन दर्ता हुन सकेन ।

 
 
  
 

You may also like