काठमाडौं वल्ड स्कुलको नेपाल टुर अभियान बैसाख ९ मा बुटवलमा

बुटवल । काठमाडौं वल्ड स्कुलले शिक्षाको विकासका लागि नेपाल टुर अभियान संचालन गरेको छ । अभियान देशभरका बिभिन्न जिल्लामा पुगेर ‘राम्रो भविस्यका लागि शिक्षा’नारालाइ सार्थक बनाउन सराेकारवालासंग छलफलमा जुटेको हाे ।

देशका पूर्वीक्षेत्रहरुको टुर सकेर बैसाख ९ गते साे टाेली बुटवल आउने भएको हाे । बुटवलको क्लव डेनाेभाेमा कार्यक्रम हुने इभेन्ट म्यानेजर कमल जिसीले नागरिक अनलाइनलाइ बताए ।

शिक्षा क्षेत्रमा देखा परेका समस्या र समाधानका उपायका बारेमा छलफल हुने स्कुलका प्रिन्सीपल केसर खुलालले नागरिक अनलाइनलाइ जानकारी दिए ।

साे कार्यक्रममा चियर पर्सन मिथिलेस कुमार झा,प्रिन्सीपल केसर खुलाल लगायतले सहजीकरण गर्नेछन् ।

विद्यार्थीको राम्रो भविश्यका लागि काठमाडौ वल्ड स्कुलले सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन उनले आग्रह गरे ।साे स्कुल काठमाण्डौको शूर्यविनायकमामा रहेको छ ।

आधुनीक शिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।

 
 
  
 

You may also like