पछिल्लो २४ घन्टामा ३३७ जना कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३३७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।अहिलेसम्म कुल २ लाख ७९ हजार ७२५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८०० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७३ हजार ८८६ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९७.९ रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ५३२ नमुनाको पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २३ लाख ९ हजार ७७६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ८४ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २ हजार ८०० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३९ रहेको छ ।यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like