पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक – प्रगतिशील उम्मेदवार रामराज पोख्रेल विजयी

बुटवल । पत्रकार महासंघ रुपन्देहीमा महिला उपाध्यक्ष बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी भएका छन् । बिहिबार बिहान प्राप्त मत परिणाम अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुपन्देहीको अध्यक्षमा लोकतान्त्रिक–प्रगतिशिल प्यानलका उम्मेद्वार रामराज पाख्रेल ४० मत अन्तरले विजयी हुनु भएको हो । अध्यक्षमा विजयी पाख्रेलले १६१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी प्रेस चौतारी नेपालका उम्मेद्वार दिनेश पाण्डेले १२१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तैगरि उपाध्यक्ष पदमा सोही प्यानलबाट १९४ मत सहित बिश्वास ढकाल विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दी दिपेश पछाईले सय मत प्राप्त गर्नुभएको थियो । महिला उपाध्यक्षमा भने प्रेस चौतारीले बनाएको साझा प्यानलकी उम्मेदवार अमृता अनमोल १ मतले बिजयी हुनु भएको हो । उहाँले १४९ मत प्राप्त गर्दा लोकतान्त्रिक–प्रगतिशिल प्यानलकी उम्मेदवार सञ्जु पौडेलले १४८ मत प्राप्त गर्नुभएको थियो ।
पदाधिकारी सबै पदमा लोकतान्त्रिक–प्रगतिशिल प्यानलका उम्मेदवार विजयी भएका छन् । सचिवमा १८५ मत सहित लोकतान्त्रिक–प्रगतिशिल प्यानलका उम्मेदवार बिनोद परियार, सहसविचमा १६७ मत सहित बिरेन्द्र कुवँर, समावेशी सहसचिवमा १८५ मत सहित माया केसी र कोषाध्यक्ष पदमा १५२ मत सहित सञ्जय सौगात विजयी भएका छन् ।

खुल्ला सदस्यमा लोकतान्त्रिक–प्रगतिशिल प्यानलबाटै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोति न्यौपाने, प्रकाश पाण्डे, पुनहरी बेल्वासे, शंकरप्रसाद पाण्डे र प्रकाश आचार्य विजयी भएका छन् । आचार्य प्रेस चौतारीका हुन् ।

महिला सदस्यमा हरिकला अधिकारी, जनजाती सदस्यामा राज चौधरी, मधेसी, अल्पसंख्यक र दलित सदस्य तर्फ क्रमशः राधेश्याम विश्वकर्मा, सलमान खान र टकं सुनार विजयी भएका छन् । उनीहरु सबै लोकतान्त्रिक प्यानलका हुन् ।

नेपाल पत्रकार महासंको निर्वाचनको लागि नेपाल प्रेस युनियनको नेतृत्वमा लोकतान्त्रिक–प्रगतिशिल प्यानल बनेको थियो । सो प्यानलमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ र क्रान्त्रिकारी पत्रकार महासंघ सहभागि थिए ।
त्यस्तै प्रेस चौतारीको नेतृतवमा बनेको प्रगतिशिल साझा प्यानलमा जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चबीच गठबन्धन बनेको थियो । लोकतान्त्रिक–प्रगतिशिल प्यानलको यो जीतसंगै नेपाल प्रेस युनियनले १९ वर्षपछि नेपाल पत्रकार महासंघको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

 
 
  
 

You may also like