देशभर थपिए ३३२ कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा १९९ जनासहित पछिल्लो पछिल्लो २४ घण्टामा देशभर ३३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ४ हजार ६ नमूना पीसीआर परीक्षण गराउँदा ३३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७९ जना डिस्चार्ज भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ । मन्त्रालयका अनुसार २४ २४ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

 
 
  
 

You may also like