पाल्पामा जीप दुर्घटना, दुई जनाको गयो ज्यान

पाल्पा। पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तानसेन नगरपालिका काजिपौवामा भएको जीप दुर्घटनामा चालक बगनाँसकाली गाउँपालिका–४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट– ४ का २७ वर्षका राज थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिएको छ ।

काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गए राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like