पाल्पामा जीप दुर्घटनाः एक जनाको मृत्यु

by समतल अनलाइन

पाल्पा । पाल्पामा शनिबार भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । रैनादेवीछहरा गाँउपालिका वडा नम्बर ६ को अरखोर भन्ने ठाउँमा भएको दुर्घटनामा जीपमा रहेका रैनादेवीछहरा गाँउपालिका ८, सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मी मगरको ज्यान गएको हो । रेश्मीको उपचारको क्रममा तानसेनमा रहेको लुम्बिनीमेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार सत्यवतीबाट केलाटारका लागि छुटेको ग २ च २७१७ नम्बरको जीप आफैँ अनियन्त्रित भएर बाटोबाट झण्डै ५० मिटर तल खसेको थियो । चालकसहित घाइते २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ ।

 
 
  
 

You may also like