आज आइतबार, निकै राम्रो छ यी ९ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

by समतल अनलाइन

आजको पञ्चाङ्ग
मिति २०७६ साल असोज ५ गते आइतबार, इस २०१९ सेप्टेम्बर २२, शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११३९ ञलगा। आश्विन कृष्णपक्ष। अष्टमी, १४ः४० उप्रान्त नवमी तिथि।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज बोलिको प्रभाब बढ्नाले महत्वपूर्ण काम बन्ने छन्। पतिपत्नी बीच विस्वासको बातावरण बन्नेछ। कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ। पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ। व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा आम्दानी बढाउन प्रशस्त समय दिनु पर्नेछ। पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । माया प्रेममा नजिक भएपनि आत्मियताको कमि महशुष हुनेछ। आफन्त तथा अग्रजहरु सँग मनमुटाब बढ्ने तथा साथिभाईले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ। विदेश यात्राको गतिलो सम्भावना रहेको छ । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
माया प्रेममा सामिप्यता बडेर जानेछ। व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ। सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ। परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ। विद्या क्षेत्रमा सफलता मिल्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सरकारी तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेले समयमा काम नगर्दिदा महत्वपूर्ण योजना गुम्न सक्छ। साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन्। कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहने छ। समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा शंका उपशंका उत्पन्न हुने योग छ। समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। अप्रिय घट्ना नघट्ला भन्न सकिन्न। माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैया पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला। अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ। मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । व्यापारमा अरुदिन भन्दा बढिनै समय लगानी गर्नुपर्ने हुनसक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ। स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिने छ। माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ। माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनमा मन नजाने हुदा अरु भन्दा पछि परिने छ। माया प्रेममा मनमुटाव सिर्जना हुने छ। न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले यस्ता क्रियाकलापमा सामेल नहुनुहोला ।

 
 
  
 

You may also like