नेपाली कांग्रेस बलियो बन्दै : सांसद नेपाल

by समतल अनलाइन

अनिता चौधरी
सैनामैना । प्रदेश नं ५ का सासंद रिना नेपाल विश्वकर्माले नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानले जनतामा सकारात्मक सन्देश दिएको बताउँनु भएको छ । नेपाली कांग्रेस सैनामैना वडा नं ४ ले अयोजना गरेको दोस्रो जगारण अभियान तथा अन्र्त्क्रिया कार्यक्रममा बोल्दै उँहाले पार्टीमा गुट उपगुटको अन्त्य गरी संगठन बालियो बनाउन जोड दिनु भयो ।

काँग्रेस कार्यकर्ताले कांग्रेसका नेताहरुले गुट उपगुट, झुण्ड र नातावाद त्यागेँ कांग्रेसलाई कसैले हराउन नसक्ने सांसद विश्वकर्माले सुझाब दिएका छन् ।नेपाली कांग्रेस जिल्ला उपसभापति फडिन्द्र शर्माले वर्तमान् सरकार संविधान विपरित चलेको आरोप लगाउनु भयो । मुलुक संघीयतामा गइसक्दा पनि सम्पूर्ण अधिकार केन्द्रमै राखेको भन्दै सरकारले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाए ।

उपसभापति शर्माले शुक्रबार राष्ट्रिय सभागृहमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले ‘गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेर बहादुर देउवाको बोली नबुझेको र मिडियाबाट थाहा पाइएला भन्दै व्यंग्य गरेको अभिव्यक्ति प्रति खेद प्रकट गर्नुभयो ।

राष्ट्रपति जस्तो गरिमामय पदको पदिय मर्यादा समेत भुलेको प्रति असन्तुष्ट जनाउदै राष्ट्रपतिलाई आÏनो अभिव्यक्ति तुरुन्त सच्चाउन आग्रह समेत गर्नुभयो
कांग्रेसले गरेको महत्वपूर्ण कामका बारेमा टोलटोलमा पुगेर सशक्त रुपमा सुसुचित गराउन पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा क्षेत्र नं २ का क्षेत्रिया सभापति हरि लाक्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाली कांग्रेस सैनामैनाका नगर सभापति राम प्रसाद अधिकारी लागयत प्रतिनिधले बोल्दै कांग्रेसले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै भावी दिनमा सबल र सक्षम भएर अघि बढेमा कसैले हराउन नसक्ने बताए ।
नेपाली कांग्रेस सैनामैना वडा नं ४ का कार्यबहाक अध्यक्ष जगनाथ गौतमको अध्यक्षता प्रदेश नं ५ का सासंद रिना नेपाल विश्वकर्माको प्रमुख अतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला उपसभापति फडिन्द्र शर्माको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like