संविधान पुनर्लेखनको माग गर्दै बुटवलमा प्रदर्शन

by समतल अनलाइन

बुटवल । संविधान पुनर्लेखनको माग गर्दै शुक्रवार बुटवलमा प्रदर्शन भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वन समिति रुपन्देहीले असोज ३ गते कालोदिन भन्दै प्रदर्शन गरेको हो ।

बुटवल राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शन मिलनचोक, बसपार्क, हस्पिटल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष झमबहादुर गुरुङले संविधानले आदिवासी जनजाति र मधेशीमा मुद्दा सम्बोधन गर्न नसकेको भन्दै पुनर्लेखन गरिनुपर्ने बताए ।

उनले आफूहरूले शुरूदेखि नै संविधानको विरोध गरेकाले कालोदिनको रुपमा मनाएको बताए । आदिवासी जनजाति, दलित, मुस्लिम महिला तथा अपाङ्गत भएको नेपाली जनताको अधिकार संविधानमा सुनिश्चित हुनुपर्ने जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेम थापाले बताए ।

 
 
  
 

You may also like