राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश अध्यक्षमा डिल्लीनारायण निर्वाचित

३ आश्विन २०७६, शुक्रबार

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश पाँचको प्रथम अधिवेशनवाट डिल्लीनारायण पाण्डेको अध्यक्षतामा ३१ सदस्य प्रदेश समिति चयन गरिएको छ ।

विहिवार देखि रुपन्देहीको तिलोत्तममा शुरु भएको अधिवेशन शुक्रवार सकिएको हो । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा नारायण थापा, प्रथम उपाध्यक्षमा दीपु मगर, द्वितीय उपाध्यक्षमा नारायण वीपी परियार, महिला उपाध्यक्षमा मन्जु आचार्य, सचिवमा टिकाराम लुईटेल, महिला सचिवमा देवकला वस्नेत, कोषाध्यक्षमा प्रेम शर्मा, सह सचिवमा दामोदर वस्याल र योगराज पोखरेल तथा सह कोषाध्यक्षमा पुरुषोतम गैरे चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरि समितिको सदस्यहरुमा ओम ज्ञवाली, सहयोगी विसी, ओमसेन सुनार, सपना गाहा, पुर्णचन्द्र परियार, लोकेन्द्र शाह, रुकु पाण्डे, चन्द्र अधिकारी, लक्ष्मण सुवेदी, पदम थापा, झविन्द्र थापा, प्रकाश कडेल, विष्णुप्रसाद कडेल, विक्रम राना, नवराज पाण्डे, राजेन्द्र पोखरेल, रामप्रसाद पौडेल, चेतना थापा, भरतमणी पौडेल, चन्द्रप्रसाद पाण्डे र शान्ति रेग्मी चयन भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया