संसद विघटन अलोकतान्त्रिक भनेर कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर कराउनेहरु संविधान, लोकतन्त्र र देश विरोधी भएको बताएका छन् ।

उनले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको दाबी गरेका छन् । आज (आइतबार) राजधानीमा आयोजित अपाङ्गता भएका व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अपाङ्गता भएका व्यक्तिको जीवनका समस्याका विषयमा सरकारले सोच्ने बताए । उनले यस सम्बन्धमा आवश्यक काम अगाडि बढाउने बताए ।

‘जो व्यक्ति आफै सक्षम छैन, सबैभन्दा पहिला सरकार उसलाई चाहिन्छ’, प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण सरकार तपाईंहरुको साथमा छ, जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता हुन्छ ।’

उनले देशमा सबैले सुरक्षित र सम्मानित ढंगले बाँच्न पाउनुपर्ने बताए । उनले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको उनले बताए ।

 
 
  
 

You may also like