नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप सात जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार एक जना पुगेको छ । आइतबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा २ लाख ६९ हजार ४५० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ३१२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४५ रहेको छ ।

 

 
 
  
 

You may also like