प्रचण्डलाई मित्रताको अंगालो हाले तर उनले धृतराष्ट्रको झै अंगालो हालेका रहेछन् : प्रम ओली

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सम्झौता गर्दा–गर्दा एउटा आफ्नो ब्रिफकेस नै भरिएको बताउनुभएको छ ।

बुधबार (आज) ओली समूहले आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेस भरिएको छ । आज एउटा सम्झौता ग¥यो, भोलि एउटा सम्झौता ग¥यो । यसरी सम्झौता गर्दा गर्दा मेरो एउटा ब्रिफकेस भरिएको छ ।’ आफूले मित्रताले अंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रले जस्तो अंगालो मारेको ओलीको गुनासो छ ।

उहाँले अगाडि भन्नुभयो, ‘षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर मैले तीन वर्ष सम्झाए । तीन वर्षमा साबुनका धेरै डल्ला खर्च भए । उहाँलाई ड्रममा ड्रम पानी खतम भयो । आज धोयो, भोलि फेरि उस्तै ।’

त्यस्तै, उहाँले सरकारले राम्रो काम गर्न खोज्दा कामै गर्न नदिएको आरोप लगाउँदै भन्नुभयो, ‘गणतन्त्र र महिलाहरूप्रति उहाँको धारणा कस्तो रहेछ उहाँको नाराले देखाइसक्यो । उहाँको ध्यान पदमै छन् । अरूलाई अपमान गर्नेमा ध्यान छ । अनि कसरी देशप्रति ध्यान जान्छ ।’

 
 
  
 

You may also like