थप ५११ जनामा कोरोना पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ५११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ५११ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६० हजार ५९ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ६०० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५१ हजार ९१२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ११० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख २६ हजार ४७७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३६२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ६ हजार ३०० जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like