अष्टलक्ष्मी शाक्य बनिन् संसदीय दलको नेता, डोरमणि पौडेललाई हटाइयो

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (बुधबार) बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

संसदीय दलको यही पुस ९ गते बसेको बैठकले दलको नेताबाट पौडेललाई हटाइ शाक्यलाई नयाँ नेता सिफारिस गरेको थियो । सोही निर्णय बमोजिम १० गते मुख्यमन्त्रीविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव ल्याउँदै नयाँ मुख्यमन्त्रीमा शाक्यको नाम सिफारिस गरेका थिए ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन् । तर, माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ ।

 
 
  
 

You may also like