भारतमा ७२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

by समतल अनलाइन

काठमाडौं ।भारतमा थप ६३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६३ हजार ५१७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् । ८ लाख २७ हजार ८६० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७२३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 
 
  
 

You may also like