73
काठमाडौँ।बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकभरको मौसममा सामान्य बदली भएको छ ।उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र भारतको तेलंगनामा रहेको र कमजोर हुँदै पश्चिम उत्तर दिशातर्फ सर्ने क्रममा रहेकाले मौसममा खासै प्रभाव नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।