एप्पलद्वारा फाइभ-जी आइफोन सार्बजनिक, के के छन् विशेषता ?

by समतल अनलाइन

काठमाडौँ । एप्पलले आफ्नो फाइभ जी आइफोन सार्बजनिक गरेको छ ।गएराती सम्पन्न एप्पल इभेन्टमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कोकले आइफोन-१२ सार्बजनिक गरेका हुन् ।

चार प्रकारका फोन सार्बजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत कुकले एप्पलको लागि यो निकै ठुलो मौका भएको बताएका छन् । एप्पलले आइफोन-१२, प्रो, प्रो म्याक्स र मिनी गरेर आइफोन-१२ का चार प्रकारका फोन सार्बजनिक गरेको छ । यो एप्पलको पहिलो फाइभ-जी फोन समेत हो ।

आइफोन-१२ को सिरिजको न्युनतम मुल्य मिनीको ६९९ अमेरिकी डलर रहेको छ भने आइफोन-१२ को ७९९, प्रोको ९९९ र प्रो म्याक्सको १०९९ रहेको छ ।नयाँ आइफोन-१२ र प्रो सिरिज अक्टोबर २३ सम्म एप्पल स्टोरआमा उपलब्ध हुने छन् भने मिनी र प्रो म्याक्स नोभेम्बर १३ सम्म उपलब्ध हुने बताइएको छ ।

आइफोन १२ का सिरिज पाँच रंग (कलर) मा उपलब्ध रहेको छ । जसमा, कालो, सेतो, हरियो, रातो र निलो रंगमा उपलब्ध रहेको छ ।
एप्पलले आइफोन १२ र मिनीको पछाडी दुई क्यामरा राखेको छ भने प्रो र प्रो म्याक्समा भने तीन क्यामरा राखेको छ ।

यस आइफोनमा ब्याट्रीको लाइफलाई ध्यान दिदै ५-जी बाट फोर-जीमा अटोमेटिक स्विच हुने सफ्टवेयर प्रयोग गरिएको बताइएको छ । जसले फोनको गतिलाई बढाउने छ भने ब्याट्रीको खपत कम हुने छ ।

साथै यसमा राखिएको ए१४ बिओनिक चिपले अहिले बजारमा उपलब्ध सबै स्मार्टफोन भन्दा तिब्र गतिको बताउने दाबि गरिएको छ ।साथै यस पटक आइफोन १२ को साथमा चार्जर र हेडफोन भने उपलब्ध नहुने भएको छ । यसले गर्दा यस पटक एप्पलले फोनको बक्स सानो बनाएको छ भने बाहिर पठाउदा यस अघिको भन्दा ७० प्रतिशत बढी फोन पठाउन सकिने बताएको छ । साथै वातावरणलाई ध्यानमा दिदै यस पटक चार्जर र हेडफोन समावेश नगरेको नजनाएको छ । एप्पलले यस अघि नै २ बिलियन भन्दा बढी चार्जर एडप्टर विश्व बजारमा पठाएको बताएको छ ।

अहिले विश्वभर कोरोना महामारीका कारण आर्थिकमन्दी चलिरहेकाले आइफोनको बिक्रिका बारेमा आशंका गरिएको छ । अनुसन्धानमा २०२० मा फाइभ-जी स्मार्टफोन केबल १३ प्रतिशत मात्र बिक्रि भएको देखिएको छ ।

एप्पलले फोनका अलावा होमपड मिनी स्पिकर समेत सार्बजनिक गरेको छ । जसको मुल्य ९९ डलर राखिएको छ । होमपड मिनी नोभेमब्र ६ देखि उपलब्ध हुने बताइएको छ ।

 
 
  
 

You may also like