कस्तो रहला आज (मंगलबार) को माैसम ?

काठमाडौँ, १४ साउन । मंगलबार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको छ, जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभरी आंसिकदेखि सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

श्रावण १४ गते (मंगलबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा वर्षा हुने संभावना रहेको छ ।

रातीः देशभर आंशिकदेखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा वर्षा हुने संभावना छ,्र देशको पश्चिमि पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमदेखि भारि वर्षाको संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भू–भागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

 
 
  
 

You may also like