थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या ५२८ पुग्यो

by समतल अनलाइन

काठमाडौँ। नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।बितेको २४ घण्टामा २ हजार १२० संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ ।

अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like