थप २१ सय २० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ८४ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २१ सय २० जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण संख्या नेपालमा एकै दिन भएको अहिलेसम्मकै उच्च संख्या हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २१ सय २० जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६२ हजार ७४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७४.१ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ९७८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ६१ हजार ६६४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार २७३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ७७३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ११ हजार ५२९ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३१ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २१७ जना रहेका छन् ।

 
 
  
 

You may also like