आत्मविश्वास बढाउन शिव खेडाले दिएका यी सजिला सुत्रहरु

संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतापछि आत्मविश्वासको ठूलो भूमिका छ । उनीहरूले आफैँमाथि विश्वास र ठूला–ठूला निर्णय गरेर जीवनलाई सफल बनाए । यदि तपाईमा पनि आत्मविश्वास छ भने मान्नुस्, सफलता धेरै टाढा छैन ।

यी हुन्, आत्मविश्वासी बन्न सघाउ पुर्‍याउने केही टिप्स

१. भित्रैको डर निकाल्नुस्

आत्मविश्वास भन्ने कुरा कसैले फिट गर्दिने होइन । आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । जसका लागि आफ्नो क्षमताको पहिचान गर्न जरुरी छ । आत्मविश्वास बढाउनका लागि आफैँप्रति विश्वास गर्न आवश्यक छ । कुनै व्यक्तिलाई हेरेर मात्र आत्मविश्वास बढ्दैन । त्यसैले आत्मविश्वासका लागि आफैँ तयार हुन प्रयोग गर्नुस् ।

२. कसैसँग भेट्दा

कुनै पनि विधामा सफल हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यो हुन्छ कि, तपाईभित्रको आत्मविश्वास । जुनसुकै क्षेत्रका चर्चित व्यक्तिका कथा सुनेपछि तपाईलाई यसको अनुभूति हुन्छ । त्यसैले तपाईंले कसैलाई भेट्दै हुनुहुन्छ भने पहिला आफूभित्रको डर हटाउनुपर्छ र निर्धक्कसँग कुरा गर्नुपर्छ । जसले तपाईलाई आत्मविश्वासी बन्न प्रेरणा प्रदान गर्छ ।

३. काममा विश्वास

चाहे तपाईले जुनसुकै काम गर्नुस्, तर विश्वास साथ गर्नुस् । या कुनै कामको सुरुवात गर्दै हुनुहुन्छ भने पनि त्यसप्रति पूर्ण विश्वस्त हुनुस् । सामान्य जीवनशैली र बोल्ने तौर तरिकाले पनि आत्मविश्वास बढाउनको लागि ठूलो भूमिका निर्वाह गर्छ । खाना पकाउने, कुनै व्यक्तिसँग भेट्ने गर्दाका गतिविधिमा समेत आत्मविश्वासको साथ प्रस्तुत हुन जरुरी छ ।

४. डाइट एन्ड फिटनेस

फिटनेस, स्टाइल, डाइटलगायतका कुराले पनि आत्मविश्वासमा भूमिका निर्वाह गर्छ । आत्मविश्वास बढाउनका लागि ड्रेसअप र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । सफल व्यक्तिको जीवनलाई हेर्दा पनि उनीहरूको जीवन सफल हुनुमा यसका भूमिका हुन्छन् ।

५. सिक्ने इच्छाशक्ति

नयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । त्यसैले आफूभित्रको सिक्ने इच्छाशक्तिलाई कहिल्यै मर्न दिनुहुँदैन । यस्तो बानीले बिस्तारै आत्मविश्वासलाई बढाउँदै लैजान्छ ।

६. सकारात्मक सोच

सकारात्मक सोचले जीवनको कैयौँ काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, नकारात्मक सोचले स्वयम्लाई ध्वस्त बनाउँछ । हाम्रो सोचले नै सफलताको सम्भावना निर्धारण गर्छ । नकारात्मक घटना या सोचलाई सकारात्मक रूप दिँदा त्यसले पार्ने प्रभावलाई विचार गर्न आवश्यक हुन्छ । तपाईंको आचरणले नै आत्मविश्वास बढाउन भूमिका खेल्छ ।

७. स्माइलिङ

भनिन्छ, प्रेमको सुरुवात मुस्कानबाट हुन्छ । तपाईको अनुहारमा भएको मुस्कान या चमकले अरू मानिसलाई पनि आकर्षित गर्न सक्छ । यस्तो बानीले आत्मविश्वासलाई बढोत्तरी गर्नुका साथै सफलता हासिल गर्नको लगि मद्दत गर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

के तपाइँ मान्छेको अगाडी बोल्न डराउनु हुन्छ ? यस्ता छन् आत्मविश्वास जगाउने ३ सूत्र

कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपार्इँले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् ।

वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफुमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण समेत गरिसकेको छ ।

लेखकद्वय क्याटी केय तथा क्लेयर सिपम्यानद्वारा लिखित “द कन्फिडेन्स कोड” नामक किताबमा मानिसहरुले आत्मविश्वास कसरी बढाउन सक्छन् भनेर गरेको खोजीको व्याख्या गरिएको छ । उनीहरुको अनुसन्धानअुनसार आत्मविश्वास इच्छिक हुने गरेको वा हाम्रो इच्छामा भर पर्ने देखियो । हाम्रो अथक प्रयासले हामीले हाम्रो आत्मविश्वास बढाउन सक्छौँ । तर यो दौरानमा हामी पूरा सिद्ध वा पर्फेक्ट बन्ने प्रयासबाट आफुलाई जोगाउनुपर्छ र ठक्कर खानका लागि पनि तयार रहनुपर्छ ।

यसका लागि त्रुटिपूर्ण नै सही, तर केही कदम लिनुहोस् । असफल बन्नुहोस् । त्यो असफलताले सिकाएको पाठबाट फेरी अर्को कदम लिनुहोस् । आफुलाई विश्वास नबढेसम्म र आफुप्रति गर्व राख्न नसकुञ्जेलसम्म यही विधि दोहोर्याउनुहोस् । आत्मविश्वास जगाउने केही सूत्रहरु यसप्रकार छन् ।

१. आत्मविश्वासी मानिसहरुको वरिपरि रहने गर्नुहोस् ।

एण्जेला डकवर्थका अत्यधिक विक्रि भएको किताब ग्रिटमा व्याख्या गरिएअनुसार आफुलाई चाहिने कुनै पनि बानी वा गुणको विकास गर्नका लागि त्यस्तै बानी वा गुण भएका मानिसहरुको संगत गर्नुपर्छ ।

कुनै समूहमा आफुलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्तिशाली कुरा हो । मनोविज्ञानमा आधारित अनुसन्धान अनुसार पनि कोही पनि व्यक्तिले आफुभन्दा भिन्दै तरिकाले सोच्ने वा काम गर्ने समूहबाट थाहै नपाई तुरुन्तै ती बानीव्यवहार टिपिसकेका हुन्छन् ।

यसकारण आत्मविश्वासिलो हुन सकिरहुनभएको छैन भने आत्मविश्वासिला मानिसहरुको संगतमा बस्ने गर्नुहोस् । यसो गर्दा तपाईँले उनीहरु सफल हुन प्रयोग गर्ने विचारको अनुसरण गर्ने मात्र होइन, उनीहरु सरह उनीहरुको बानी पनि सिक्नुहुनेछ । यस्ता मानिसहरु सकारात्मक हुने र अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा आफुमा पटक्कै विश्वास जगाउन नसकेका मानिसहरुले पनि उनीहरुको साथले धेरै कुरा सिक्न सक्नेछन् र आत्मविश्वासी बन्दै जान सक्छन् ।

२. निरन्तर मिहिनेत गर्नुहोस् ।

सफल उद्यमी, नेता, कलाकार वा प्रस्तोता जो भएपनि उनीहरु आत्मविश्वासी र सफल हुनुको कारण भनेकै उनीहरु निरन्तर आफ्नो कार्यमा लागिपर्छन् । आफ्नो सीप सुधारका लागि उनीहरु रातदिन निरन्तर मिहिनेत गर्छन् । मञ्चमा धमाका मच्चाउने कलाकार होस् वा खेलमैदानमा जादु देखाउने खेलाडी वा करौँडौ कमाउने उद्यमी नै किन नुहन् उनीहरु यसै सफल भएका हुँदैनन् ।

उनीहरु आफ्नो कार्यमा सिपालु हुनुमा उनीहरुले मिहिनेतमै कैयौँ समय बिताएका हुन्छन् । उनीहरु यसै नामी भएका पक्कै होइनन् । आफ्नो सन्तुष्टि हुने गरी काम गर्ने ताकत आफुमा भएपछि मात्र आफुमा आत्मविश्वास बढ्ने हो । आफुमा कुशलता नल्याइकनै सोचेरै मात्र आत्मविश्वासीलो बन्न सकिन्न । योजनाबद्ध कार्य गर्नाले मात्र यसको प्रतिफल आउँछ । याद राख्नुहोस् है व्यस्त हुनु मात्र मिहिनेत गर्नु होइन, आफुले गरेको कामको प्रतिफल मापन गर्न पनि सक्नुपर्छ ।

समाजशास्त्री डान च्यामब्लिसले ओलम्पिक पौडीबाजहरुमा गरेको अध्ययनले पनि के देखाएको थियो भने, उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शनमा खेलाडीहरुले सानोभन्दा सानो कुरालाई पनि मध्यनजर गरेको पाइयो । उनीहरुले आफ्नो कामको सुष्म गतिविधिलाई पनि केलाएर त्यसमा सुधार ल्याउन दिनरात खट्ने गरेको पाइयो । यसकारण उनीहरुको कार्यशैलीलाई चमात्कारिक वा इश्वरीय मान्न पर्दैन, यो त उत्कृष्टताको लागि उनीहरुको लगनशीलताको फल हो ।

जब उत्कृष्ट गर्नुपर्ने बानी पर्छ, तब तपाईँ आफै आत्मविश्वासिलो बन्नुहुनेछ । यो बानी विकास गर्नका लागि एक मात्र उपाय भनेको आफ्नो कार्यमा निरन्तर लागिपर्ने हो ।

३. कुनै कार्यको महाहस्ती बन्न चाहनुहुन्छ भने असफलतासँग नडराउनुहोस् ।

कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपार्इँले ठक्कर अवश्य पनि खानुहुनेछ । असफल
हुन कोही पनि चाहन्नन् तर सफल हुनका लागि असफलतासँग डराउन हुन्न । असफलताले नै सफलताको रहस्य खुलाउँछ र सफलताले नै आत्मविश्वास बढाउँछ । तपार्इँ जति असफल हुनुभयो, त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्नुहुनेछ ।

के गर्दा काम बन्छ र के गर्दा बन्दैन भनेर जान्नुहुन्छ । उत्कृष्टता हासिल गर्ने तरिका जति बढी थाहा पाउनुहुन्छ, उति नै तपार्इँको ज्ञान बढ्दै जान्छ र यसले तपार्इँमा आत्मविश्वास बढ्छ । जति धेरै प्रगति गर्दै जानुहुन्छ, उति नै तपाईँको आफुमाथिको विश्वास कसैले पनि तोड्न सक्दैन ।

१८ पटक सर्वोकृष्ट लेखक बनेका सेठ गोडिनले सर्वोत्कृष्ट किताबहरु निकाल्नुअघि १० वर्ष बुक प्याकेजरको रुपमा काम गरे, हरेक महिना एउटा किताब निकाले, १ सय २० वटा किताब निकाले जसमा धेरैजसो किताबले राम्रो बजार पाउन सकेन । यसले उनलाई पाठकमाझ कस्तो किताब लाने भन्नेबारे धेरै कुरा सिकाउन मद्दत गर्यो । त्यस्तै, जेम्स डाइसनले खर्बौँ डलर लगानीको भ्याकुम कम्पनी सञ्चालनमा ल्याउनुअघि १५ वर्षसम्म उनले ५ हजार नमुनामा काम गरेका थिए ।

उनका अनुसार हरेक असफलताले उनलाई समाधानको नजिक पुर्याउँदै लग्यो ।आफु जस्तो स्थानमा भएपनि तपार्इँ आत्मविश्वासी बन्न सक्नुहुनेछ । यसमा आफुमा उत्कृष्ट हुनका लागि आफुमा विकास गर्नुपर्ने कार्यक्षमताको पहिचान गर्न सक्नुपर्छ । त्यसपछि यसका लागि आवश्यक कार्य निरन्तर निर्वाह गर्नुपर्छ । आफुमा सिपको विकास हुँदै गएपछि, तपार्इँको आत्मविश्वास पनि बढ्दै जान्छ र सफल मानिसको रुपमा तपार्इँले अरुमा प्रभाव पार्न सक्नुहुनेछ ।

 
 
  
 

You may also like