गुल्मीबाट फर्के पछि : हाजिरी जवाफमा चिनिएको कफि नाम मकै जोनले फेरियो

नारायण ओली
बुटवल । कुनै वेला स्कूलले जीवनमा सोधिने नेपालको कफी उत्पादन जिल्ला कुन जिल्लालाई चिनिन्छ भनि सोधिने प्रश्न सायद अझै पनि भेट्न सकिन्छ होला . कफी उत्पादन जिल्ला भनेर कुन हो भनेर उत्तर खोज्ने हो भने प्रदेश न- ५ को पहाडी जिल्ला गुल्मी भेटिन्छ ।

तर पछिल्लो समय राजनीतिक परिवर्तन संगै सरकारले गुल्मी जिल्लालाई मकै उत्पादनको पकेट क्षेत्र घोषणा गरे संगै अहिले गुल्मी कफी उत्पादनको चर्चित नाम र काम मकै जोन कार्यक्रमले फेरिएको छ . सोहि घोषणा अनुरुप गुल्मी जिल्ला अहिले मकै सुपरजोन कार्यक्रम बाट आकर्षणको केन्द्र विन्दु वन्न पुगेको छ।

सरकारले संचालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कुनै वेला कफी उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित गुल्मी जिल्ला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपरजोनको पकेट क्षेत्रको रुपमा आफ्नो नाम र काम परिवर्तन गर्न पुगेको छ .

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गुल्मीका ५ वटा स्थानीय तहहरुमा मकै खेतीमा आकर्षण बढेको पाइएको छ .

जिल्लाको रेसुगा नगरपालिका अन्तर्गतका वडा नं.४ र १०, ईस्मा गाउपालिकाका सबै वडाहरु, मालिका गाउपालिकाका ६, ७ र ८ नम्बर वडा, धुुर्कोट गाउपालिकाको वडा नं. ७ र मदाने गाउपालिकाका ३, ६ र ७ नम्बर वडामा मकै सुपरजोन कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ।
जसअन्तर्गत गुल्मी जिल्लाका ४ हजार १ सय घरधुरीहरु सो मकै जोन कार्यक्रममा संलग्न भएका छन् भने जिल्ला भरीका १ सय ३९ वटा कृषक समूहहरु मकैखेतीमा क्रियाशील रहेको जनाईएको छ। गुल्ली जिल्लाको कुल खेतीयोग्य जमिनको १ हजार ६ सय हेक्टर जमिनमा अहिले मकै सुपरजोन कार्यक्रम संचालन हुँदै आएको पाइएको छ।

मकै सुपरजोन कार्यक्रम अन्तर्गत जिल्लाभर उन्नत मकै खेती विस्तार, व्यवसायिक बिज बृद्धि, हाइब्रिड मकै प्रर्वधन, कृषकहरुलाई तालिम तथा क्षमता अभिबृद्धि, साना सिंचाई निर्माण तथा मर्मत सम्भार, पोष्ट हार्बेष्टर सेन्टर निर्माण र कृषि यान्त्रिकीकरणका क्रियाकलापहरु परियोजनाले सञ्चालन गर्ने भएको वताईएको छ ।

यसका साथै कष्टम हार्बेष्टिङ सेन्टर स्थापना, पावर तथा मिनी ट्रिलर वितरण, बिडर मेज सेल, ब्रस कटर, स्थलगत प्रयोगशाला सेवा, माटो बिऊ गुणस्तर नियन्त्रण र बाली संरक्षण लगायतका क्रियाकलाप परियोजनाले सञ्चालन गर्ने परियोजना स्रोतले जनाएको छ।

 
 
  
 

You may also like