नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काभ्रेकी ५० बर्षकी महिला छन् भने काठमाडौँका ५० बर्ष पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

सम्बन्धित

 
 
  
 

You may also like