सासद ढकाल जनताको आवाज सुन्दै टोल टोलमा

by समतल अनलाइन

प्रदिप ज्ञवालि
सैनामैना । प्रदेश सांसद तथा नेकपा सङ्गठन बिभाग प्रमुख भुमिश्वर ढकाल जनताका पिडा मर्का , बिकासको अवस्था आवश्यकता , सुझाव र पार्टिको तल्लो तहको समस्या बुझ्नका लागि मङ्गलवार सैनामैना पाचको टोल टोलमा पुग्नु भएको छ ।
कोरोना भाइरस , बाढि , नदि कटान आदि प्राकृतिक प्रकोपको क्षति बारे पनि बुझ्न र उचित निकास दिनका लागि पनि टोल टोलमा आएको संासद ढकालले बताउनु भयो ।
जनताको आधारभुत आवश्यकता कस्ता छन र अवको प्राथमिकता के के राख्नु पर्दछ भनेबारे बुझ्न उहा जनताका माझ आउनु भएको हो ।
कार्यक्रम स्थानिय जनप्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो । जनताको माझा भएको उक्त कार्यक्रममा जनताले सिधै सांसद ढकाल नगर प्रमुख चित्र बहादुर कार्कि ,बडाका जनप्रतिनिधि , नेकपाका नेता गण आदिका माझमा जनताके सिधै प्रश्न राख्ने र ति प्रश्नको जवाफ जनप्रतिनिधि दिने कार्यक्रम गरिएको थियो ।
सैनामैना पाचको फरक फरक स्थान उत्तरमा मलमला माध्यमिक बिध्यालय र दक्षिणमा पश्चिम पर्रोहा माध्यमिक बिध्यालको कक्षा कोठामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा सङ्गठन बिभाग प्रमुख भुमिश्वर ढकालले बिकास कार्यहरु तिब्र रुपमा अगाडि बढेको र अझ प्रभावकारी रुपमा तल्लो स्तरका जनताले पनि सहसुस गर्ने र देख्ने खालका योजना आउने उहाले बताउनु भयो । शुखि नेपालि समृद्ध नेपालको लक्ष्य अनुसार प्रदेश सरकार अगाडि बढेको उहाले प्रष्ट पार्नुभएको छ । पार्टि अबका दिनमा अझ ससक्त हुने बिश्वास पनि उहाले दिलाउनु भएको थियो ।
तेस्तै नगर प्रमुख चित्र बहादुर कार्किले पनि बिकास भइराखेको छ तर जनताको तिब्र महत्वोकाक्षाले गर्दा बिकास नदेखिएको बताउनु भयो । सैनामैनामा बिकासका धेरै आयोजना सञ्चालन भइराखेको र बिस्तारै काम पुरा हुदा जनताले बिकास काम देख्ने बताउनु भयो । सबै क्षेत्रमा समस्या भएको र यि समस्या समाधान गर्न नगरपालिका हरदम तत्पर रहेको बताउनु भयो ।
कार्यक्रम प्रदेश सांसद भुमिश्वर ढकालको प्रमुळ आतिथ्यता , सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कि , वडा नं पाचका जनप्रतिनिधि , नेकपा क्षेत्र नं पाचका क्षेत्रिय संयोजक नर बहादुर घर्ति, जिल्ला सदस्य दिपिका शर्मा नेकपाका स्थानीय नेता आदिको आतिथ्यता र नेकपा सैनामैना पाचका अध्यक्ष धन प्रसाद पाैडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like