थप १३ सय ५६ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६६ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १३ सय ५६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १३ सय ५६ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार १४२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४८ हजार ६१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १५४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ३४ हजार ९७७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७ हजार १७१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ८ हजार ६९० जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२३ जना रहेका छन् ।

 
 
  
 

You may also like