जाडो महिनामा मात्र होइन गर्मी मौसममा पनि कफी पिउने गरिन्छ ।कतिपय मानिस त कफीको शौखिन नै हुने गर्दछन् । विशेष गरी कार्यालयमा काम गर्ने युवापुस्ता माझ कफी क्रेज बढि छ ।
झ्याप झ्याप निन्द्रा लाग्दा होस् वा तलतल मेटाउन कफी पिउनेहरु बढि भेटिन्छन् । तर कफीलाई शौखका रुपमाभन्दा पनि आवश्यकताको आधारमा पिउनु पर्दछ । मन पर्यो भन्दै कफीको अत्यधिक सेवन गरेमा यसको लाभको सट्टा हानी हुने गर्दछ ।
चिकित्सकका अनुसार दिनमा ३/४ कपभन्दा बढि कफीको सेवन गर्नु हुदैन । अन्यथा यसले निन्द्रामा प्रभाव पार्दछ । मानिस पर्याप्त निदाउन पाउँदैन । यस अलावा कफीको अत्यधिक सेवनले मानसिक तथा शारीरिक समस्या निम्त्याउँछ । कफीले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना बढाउने गर्दछ ।
अध्ययन अनुसन्धानका अनुसार धेरै कफी पिउदा स्वास्थ्यमा खतरा बढ्दछ । कफीमा हुने कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसैले गर्भवती महिलाले सकेसम्म बढी कफी सेवन गर्न हुदैन । अन्यथा कम वजनको शिशु जन्मने, शारीरिक तथा मानसिक अपाङ्गता हुन सक्ने सम्भावना धेरै हुन्छ ।