नेपालमा पहिलो पटक सैनिकको मृत्यु

by समतल अनलाइन

काठमाडौं।कोरोनाले नेपालमा पहिलो पटक एक सैनिक जवानको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनले भने, ‘उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ भएको पाइएको हो ।’यसअघि कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थिएन ।

हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भइसकेका छन् ।

 
 
  
 

You may also like