पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

by समतल अनलाइन

रुकुम पश्चिम । जिल्लाको मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

 
 
  
 

You may also like