पुष्पाको विर अस्पतालमा उपचार हुँदै, सहयोग रकम जुट्दै

by समतल अनलाइन

नेपालगन्ज । नारायण माध्यामिक विद्यालय नेपालगन्जको कक्षा ९ मा अध्ययनरत १७ वर्षीया छात्रा पुष्पा अधिकारीको थप उपचारका लागी काठमाडौ लगिएको छ ।

पुष्पाको बुबा आमा हिजो साझ मात्र आइपुग्नुभएकाले तत्कालको लागी उहाँहरुले कमाइ गरेर ल्याएको २० हजार र नेपालगन्जमा सहयोगी दाताहरुले प्रदान गरेको १५ हजार लिएर एम्बुलेन्समा अक्सीजन दिएर काठमाडौ विर अस्पताल पु¥याइएको हो । पुष्पाको अवस्था गम्भिर भएको विर अस्पतालका डाक्टरले बताएको परिवारस्रोतले जनाएका छन । पुष्पाको अवस्थाको बारेमा समाचार आएपछि नेपालगन्जमा रहेका युवाहरुले पुष्पाबहिनीकोउपचारमासहयोगगरौ भन्ने ह्याज ट्राक अभियान सन्चालन गरेर आर्थिक सङकलन गरीरहेका छन ।

फेसबुक ग्रुप नेपालगन्ज ग्यालेरीका सदस्यहरुले उक्त अभियान सन्चालन गरेका हुन । पुष्पाको उपचारमा सहयोग गर्न थालिएको अभियानमा सहयोगीमनहरुले आर्थिक सहयोग गर्ने क्रम बढेको नेपालगन्ज ग्यालेरीका एडमिन समिरमान श्रेष्ठले जानकारी दिए । अभियान सुरु गरेको पहिलो दिनमै उपचारमा आर्थिक अभाव हुन नपरोस भन्दै तत्कालका लागी ३० हजार पुष्पाको आमा मिना उपाध्यायलाई आइएमि मार्फत काठमाडौ पठाइएको अभियन्ता विवेक श्रेष्ठले जानकारी दिए ।

जसका लागी ग्यालेरी मार्फत यो समाचार तयार पार्दा सम्म ३८ हजार १ सय सङकलन भइसकेको जानकारी प्राप्त भएको छ । यो सगै नेपालगन्जमा रहेको पौरवी बहुउद्देश्यीय सहकारी सस्थाले हिजो मंगलबार नै तत्कालका लागी १० हजार सहयोग प्रदान गरेको अभियन्ता पत्रकार खगेन्द्र दाहालले जानकारी दिए । उपचारमा थप सहयोग चाहिने भएकाले केहि दिन सम्म अभियानलाई निरन्तरता दिइने र सङकलित काठमाडौ पठाइने दाहालले जनाए ।

अहिले विर अस्पतालमा विरामी पुष्पाको बुबा र आमा भएकाले सिधै आमाको मोबाइल नम्बर ९८१९५५०५०८ मा सम्पर्क गरी सहयोग गर्न सकिने बताइएको छ । उपचारका लागी थप सहयोगीहरुको आवश्यकता परेकाले मनकारी मनभएकाहरुले सहयोग गरी पुष्पाको जिवन बचाइदिनुहुन परिवारले अनुरोध गरेको छ । पुष्पा अधिकारी गत ८ गते देखि विरामि परेकी हुन । उनलाई भेरी अस्पतालमा एक हप्ता अधि मात्र ल्याइएको थियो । अस्पतालमा जाँच गराउँदा जन्डिस भई मृगौलामा समस्या संगै फोक्सोमा पानी जमेको रिपोर्टमा देखिएको थियो । अरुको घरमा भाँडा लुगा सफा गरेर पढाइ खर्च जुटाइरहेकी पुष्पालाई उपचारमा आर्थिक अभाव भएको छ ।

हाल सम्म सहयोग गर्ने सहयोगीहरु
१. पौरवी बहुउद्देश्यीय सहकारी सस्था ः रु. १०,०००
२. सुवास जिसि ः रु. ५,१००
३. विवेक श्रेष्ठ ः रु. ५,०००
४. महेश श्रेष्ठ ः रु. ५,०००
५. अमन सुवेदी –(निलसागर)ः रु. ५,०००
६. सुधिर गौतम ः रु. ३,०००
७. आशिष गोयल ः रु. ३,०००
८. प्रविण कर्ण ः रु. २,५००
९. पदम फुयाल ः रु. २,०००
१०. मोहम्मद राई ः रु. २,०००
११. अकमल सैयद ः रु. २,०००
१३, दिनेश सिंह ः रु. १,५००
१२. भक्त गोदार ः रु. १,१००
१३. युवराज न्यौपाने ः रु. १,०००

 
 
  
 

You may also like