यी हुन् टुसाएको गेडागुडी खानुका फाइदा

by समतल अनलाइन

सबै भन्दा पहिले गेडागुडी टुसाउनका लागि पानीमा भिजाउनुपर्छ ।यसका लागि करीब २४ घण्टा गेडागुडीलाई पानीमा भिजाउनुपर्छ । १२–१२ घण्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ ।
चना, केराउ, मेथी लगायतको टुसा उम्रिएपछि खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसरी टुसाएको गेडागुडीलाई तरकारी पकाएर र काँचै पनि खान सकिन्छ ।

यस्ता छन् टुसाएका गेडागुडी खानुका फाइदाहरुः

– गेडागुडी टुसाउँदा यसमा फाइबर र प्रोटिन पनि बढेर जान्छ । त्यति मात्र नभएर मिनरल र भिटामिन पनि बढेर जान्छ ।

– नियमित भिजाएको गेडागुडी प्रयोग गर्दा एन्टिन्युट्रिसन फ्याक्टर जस्तैआइरन, जिंक, म्याग्नसियम, क्याल्सिियम लगाएत तत्वलाई यसले सोस्न दिदैन ।

– गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन हुन्छ । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएको गेडागुडी प्रयोगले यसका भएको सबै प्रोटिनलाई शरीरले सोस्न सक्छ ।

 
 
  
 

You may also like