भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०५४ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८० हजार ७७६ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ८३ हजार ८०९ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ४९ लाख ३० हजार २३७ पुगेको छ ।भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ३८ लाख ५९ हजार ४०० जना ठिक भएका छन् । त्यस्तै ९ लाख ९० हजार ६१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ८३ लाख १२ हजार २७३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ७२ हजार ८४५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 
 
  
 

You may also like