भारतमा २४ घण्टामै थपिए अमेरिकामा भन्दा तीन गुणा बढी संक्रमित

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणदर तीब्र गतिमा बढ्दै गएको छ । केही दिनयता भारतले संक्रमणदर उच्च भएका विश्वका सबै देशलाई उछिन्न थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा झण्डै ९० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डओमिटरका अनुसार त्यहाँ हिजो एकै दिन ८९ हजार आठ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या सोही अवधिमा अमेरिकामा पुष्टि भएको संख्या भन्दा तीन गुणा भन्दा धेरै हो भने ब्राजिलको भन्दा पाँच गुणा भन्दा धेरै हो । यस अवधिमा अमेरिकामा २६ हजार तीन सय १० जनामा संक्रमण पुष्टि भएको छ। ब्राजिलमा १७ हजार तीन सय ३० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै मृत्यु पनि भारतममै भएको छ । त्यहाँ यस अवधिमा एक हजार एक सय सात जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ब्राजलमा पाँच सय १६ र अमेरिकामा चार सय ३९ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा झण्डै ७४ हजार पुगेको छ । त्यहाँ अहिलेसम्म ४३ लाख ६७ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । एजेन्सी

FacebookTwitter

 
 
  
 

You may also like