भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौं । चितवनमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुष रहेका छन् ।

उनको आज साँझ भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा किड्नी सम्बन्धी समस्या तथा निमोनियाको संक्रमण समेत रहेकोअस्पतालले जनाएको छ ।

उनको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो ।

सास फेर्न गाह्रो भएपछि उनलाई भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

 
 
  
 

You may also like