आजको मौसम : पाँच वटा प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं।जल तथा मौसम विज्ञान विभागले आज पनि मुलुकका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले प्रदेश १, २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ।

आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ का एकरदुई स्थानहरूमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान

भाद्र १५ गते ९ सोमबार

दिउँसो स् देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति स् देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न।१, प्रदेश न। २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १६ गते ९मंगलबार

दिउँसो स् देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति स् देशभर पूर्ण बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश , प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ

भाद्र १७ गते  ९ वुधबार

दिउँसो स् देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एकरदुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति स् देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like