अमेरिकामा कोरोनाले १ लाख ८७ हजारभन्दा बढीको मृत्यु हुनेको

by समतल अनलाइन

काठमाडौं ।अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८७ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ३६९ जनाको मृत्यु भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म अमेरिकामा मृतक संख्या १ लाख ८७ हजार २२४ पुगेको हो ।

यस्तै एकै दिन ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार ३३ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६१ लाख ७३ हजार २३६ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३४ लाख २५ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍६० हजार २८९ जनामध्ये १५ हजार ९९६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like