ओखरको नियमित सेवनका के के छन् फाइदा ?

काठमाडौँ । सामान्यतया हामी आफुसँगै भएका कैयौ चिजको फाइदा बेफाइदा बारे अनभिज्ञ हुन्छौ ।जसको कारण यी चिजको नियमित सेवनले हाम्रो दैनिक स्वास्थ्यमा कस्तो फाइदा वा बेफाइदा हुन्छ भन्ने बारे थाहा हुदै र जीवन असहज हुदै गएको हुन्छ । यस रिपोर्टमा हामिले ओखर सेवनका केहि फाइदाहरुको बारेमा उल्लेख गर्दै छौ ।

ओखरमा प्रोटिन, एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य जरुरी मिनरल्स प्रशस्त हुने गर्दछ । अझ ओखरमा हाम्रो दिमागका गतिबिधिलाई तेज गराउने ओमेगा-३ फ्याट एसिड हुने गर्दछ । जसले दिमागको गतिविधिलाई तेज गराउन मद्धत गर्दछ ।

ओखरमा पाइने ओमेगा-३ फ्याट एसिड र अमिनो एसिडले शरीरका कोलस्ट्रोललाई निकाल्न मद्धत गर्दछ र मुटुलाई स्वास्थ्य राख्न मद्धत गर्दछ । द जर्नल अफ न्यूटिशनल बायोकेमेस्ट्रीमा प्रकाशित रिपोर्टका अनुसार ओखरमा पाइने तत्वले शरीरको मोटोपन कम गर्ने र जलन कम गर्ने गर्दछ ।

त्यस्तै ओबेसिटी एण्ड मेटाबालिज्म जर्नलमा छापिएको एक अध्ययन अनुसार ओखरको सेवनले हाम्रो भोकलाई नियन्त्रण गर्ने गर्दछ । हाम्रो राइट इन्सुला (दिमागको दाहिने भाग) मा सहि भोजनको लागि सक्रियता बढाउने गर्दछ ।

ओखरको नियमित सेवनले हाम्रो दिमागको नियमित कामलाई चुस्त बनाउने गर्दछ । जसका कारण भुल्ने बानीको अन्त्य हुन सक्छ भने अल्जाईमरका विरामीहरुलाई फाइदा हुनसक्छ ।

त्यस्तै हामि स्वास्थ्य रहन हाम्रो निद्राको नियन्त्रण अत्यन्त जरुरी रहेको छ ।धेरै सुत्नु र कम सुत्नु दुवै हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ । त्यसैले ओखरको नियमित सेवनले यसमा पाइने मेलाटोनिनले हाम्रो निन्द्रालाई नियन्त्रण गर्दछ । यसले हाम्रो अनियमित रहेको निन्द्रालाई नियमित गर्न मद्धत गर्दछ ।

 
 
  
 

You may also like