गुल्मीको चन्द्रकोट ८ तुराङ मजुवामा कृषि उपज संकलन केन्द्रको उद्धघाटन

गुल्मी । गुल्मीको चन्द्रकोट गाउपालीका वडा नम्बर ८ तुराङ मजुवामा कृषि उपज संकलन केन्द्रको उद्धघाटन गरिएको छ । समारोहमा कार्यक्रमका बिशिष्ट अतिथि वडा अध्यक्ष नन्दराम अर्यालले रिबन काटेर सकंलन केन्द्रको उद्धघाटन गर्नुभएको थियो

यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य चेतन बस्नेतले ब्यानर खोलेर उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा कृषि उपज संकलन केन्द्रकी अध्यक्ष शान्ता अर्यालको अध्यक्षता, जिल्ला समन्वय समितिका सदस्य चेतन बस्नेतको प्रमुख आथित्यता , वडा अध्यक्ष नन्दराम अर्याल, वडा नम्बर ७ का अध्यक्ष लक्ष्मी भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो ।

यस्तै कार्यक्रममा गाउकार्य पालिका सदस्य रेनुका श्रीसको बिशेष आथित्यता रहेको थियो । लक्ष्मी एगा्रेभेट सेन्टर की सहजकर्ता जानकी गैरेको स्वागत मन्तब्य रहेको कार्यक्रममा बुद्धिजिवि ददिराम सापकोटाले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा एरिया को अडि नेटर निरन्जन गुरुङ ले किसान परियोजना टु को बारेमा प्रकाश पार्नुभएको थियो । यस्तै कार्यक्रममा बजार प्राबिधिक दिल बहादुर बस्नेतले बजारको मुल्य भाउको बारेमा जानकारी गराउनुभएको थियो ।

सकंलन केन्द्र उद्धघाटनको दिन आज सोमबार एक सय पचासी के जि हरियो तरकारी सकंलन भएको थियो उक्त तरकारी आजै बिक्रि समेत गरिएको छ । उक्त संकलन केन्द्र किसान परियोजना २ र लक्ष्मी भेटसेन्टरको साझेदारीमा स्थापना गरिएको हो । परियोजना निर्माणको लागि चन्द्रकोट गाउपालीकाले २ लाख बजेट बिनियोजन गरेको छ ।

कार्यक्रम कृषि उपज संकलन केन्द्रका सचिव जगत रानाको सन्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like