ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ३२२ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९७ हजार ४१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ५४ हजार ६८५ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या २८ लाख ६२ हजार ७६१ पुगेको छ ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख २० हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४४ हजार ७०६ जनाको उपचार भइरहेको छ ।

 
 
  
 

You may also like